क्लिनिक अवैध रुपमा सञ्चालित

अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिकामा अवैध रुपमा क्लिनिक संचालन भएको छ ।

स्वास्थ्य कार्यालय अर्घाखाचीका कार्यालय प्रमुख सिव नेपाली सहितकाो टोलिले गरेको अनुगमनमा सितगंगामा एउटा अवैध रुपमा संचालन भएको क्लिनिक भेटिएको हो । सितगंगा नगरपालिका वडा नं. ४ अमराईमा संचालन भएको सितगंगा फार्मेसीमा अवैध सेवाहरु संचालन भैरहेका छन् ।

औषधी व्यवसाय गर्न फार्मेसीको अनुमति लिएका एक ब्यक्तिले ओ.पि.डी., ल्याब, एक्स–रे, तथा एमरजेन्सी सेवासहितको क्लिनिक सञ्चालन गरेका छन् । शितगंगा नगरपालिकामा २०७५ चैत ०८ गते केशव भट्टराईको नाममा व्यवसायी फर्म सितगंगा फार्मेसी दर्ता गरि फार्मेसी संचालनको अनुमति लिएर लामो समयदेखि क्लिनिककै सेवाहरु दिइरहेको भेटियो । फार्मेसीका लागि पालिकाबाट अनुमति लिए पुग्छ तर क्लिनिकका लागि पहिला प्रदेशमा दर्ता गर्ने व्यवस्था थियो भने अहिले जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता गर्नुपर्छ । यस्तै फार्मेसीको लाइसेन्स भने प्रमोद चौधरीको नाममा रहेछ ।

अनुगमनको क्रममा रेबिज विरुद्धको ए.आर.भि. भ्याक्सिन, टि.टि भ्याक्सिन जस्ता थुप्रै भ्याक्सिन तथा औंषधीहरु डोमेस्टिक फ्रिजमा राखिएको भेटियो । यस्तै दुखाइ कम गर्ने डिप्लोफेनाको अधिकतम मुल्य रु. १० सम्म हुनुपर्नेमा त्यहाँ त्यसैलाई रु.१०० सम्ममा बिक्री गरेको थियो ।

फार्मेसीका संचालक केशव भट्टराई आफैंले फार्मेसी, भिडियो एक्सरे लगायत गर्छन्, उनले अध्ययन गरेको अहेव (सि.एम.ए) हो । उक्त फार्मेसीमा ल्याब टेष्टमा सुगर एक्सरे TG choleterol, urine, urea creatinine, uric acid, VDRL cbc समेत गरिन्छ जुन कानुन विपरीत हो । फार्मेसीले औंषधी बिक्री वितरणको मात्र काम गर्न पाइन्छ । फार्मेसीमा एच.ए. एक जना, ल्याब असिस्टेन्ट एक जना कर्मचारी छन् । बेला-बेला डाक्टर समेत आएर चेकजाँच गर्ने गरेको अनुगमनका क्रममा पाइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नबिन रसाइली
लेखकको बारेमा

नबिन रसाइली

रसाइली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?