पाणिनी : राष्ट्रपति रनिङ शिल्डको उपाधि हरिहर मावि पोखराथोकलाई 

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

पाणिनी गाउँपालिकाको बरका रूख खेल मैदानमा बुधवार सम्पन्न भएको प्रतियोगितामा १६ विद्यालयको सहभागिता रहेको थियो । सातौँ संस्करणको अन्तर विद्यालय प्रतियोगितामा हरिहर संस्कृत तथा साधारण माध्यमिक विद्यालयले ४ स्वर्ण , ६ रजत र ३ काश्य जित्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो।

यस्तै धातिवांङ माध्यमिक विद्यालयले ४ स्वर्ण, २ रजत र २ काश्य सहित दोस्रो स्थान हासिल गरेको छ । भने नेपाल राष्ट्रिय माध्यामिक विद्यालय पणेनाले ४ स्वर्ण, १ रजत र ६ काश्य सहित तेस्रो स्थान हासिल गरेको खेल शिक्षक गोविन्द पौडेलले जानकारी दिए । 

उपाधि जितेसँगै प्रथमले २० हजार, द्वितीयले १२ हजार र तृतीयले ८ हजार नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर खनालले जानकारी दिए ।

भलिबल छात्रा तर्फ सिद्ध मावि पाणिनी २ ले उपाधि हासिल गरेको छ । छात्र तर्फ द्यौराली माविले पटाैटिले उपाधि हासिल गरेको छ । 

कार्यक्रमको समापन गर्दै पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले विजेता, सहभागी तथा प्रतियोगिता सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरे। उनले पालिका खेलकुदको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै खेलाडीहरूलाई अनुशासन र लगनशीलताका साथ खेल क्षेत्रबाट पालिकाको पहिचान बनाउन आग्रह गरे।

विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल लगायतका १२ विधाका २४ स्वर्णका लागि प्रतिस्पर्धा भएकाे थियो । प्रतियोगितामा पालिकाभित्रका १६ विद्यालयका करिब ३ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?