प्रेसमाथिको हस्तक्षेपले शाहीकालीन झल्को दियाे : महासचिव पौडेल

समाचार सारांश
Auto Generated by AI
  • नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले पत्रकारमाथि धरपकड गर्ने र सञ्चारगृहमा प्रहरी प्रवेश गराउने सरकारको कदम गैरसंवैधानिक भएको आरोप लगाएका छन् ।
  • वर्तमान सरकारको गतिविधिले शाहीकालीन शासनको झल्को दिएको र यसले प्रेस स्वतन्त्रतामाथि सीधा हस्तक्षेप गरेको उनको भनाइ छ ।
  • प्रेसमाथिको यस्तो प्रहारले लोकतन्त्रको घाँटी निमोठ्ने काम भएको भन्दै उनले सरकारलाई पतनको बाटोतर्फ नलैजान चेतावनी दिएका छन् ।

काठमाडौं । नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले पत्रकारमाथि धरपकड गर्ने र सञ्चारगृहमा प्रहरी प्रवेश गराउने सरकारको कदम गैरसंवैधानिक भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले वर्तमान सरकारको गतिविधिले शाहीकालीन शासनको झल्को दिएको टिप्पणी गरे । उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गरेको आरोपसमेत लगाए ।

पौडेलले सरकार गठन भएलगत्तै सञ्चारमाध्यमलाई दिइने विज्ञापन रोकिएको र त्यसपछि पत्रकार पक्राउ गर्ने क्रम बढेको दाबी गरे । अहिले सञ्चारगृहमा प्रहरी प्रवेश गराउने र पत्रकारमाथि धरपकड गर्ने गतिविधि भइरहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे ।

‘बालेन सरकार आउनेबित्तिकै विज्ञापन रोकेर आर्थिक नाकाबन्दी गर्‍यो, त्यसपछि लगातार पत्रकार पक्रने कार्य जारी भयो । अहिले आएर शाहीकाललाई माथ खुवाउने अभ्यास गरिएको छ,’ उनले भने ।

सरकारको यस्तो कदमले प्रेस स्वतन्त्रतामाथि सीधा हस्तक्षेप गर्दै लोकतन्त्रको घाँटी निमोठ्न खोजेको उनको आरोप थियो । प्रेसमाथिको प्रहारले सरकारलाई नै पतनको बाटोतर्फ लैजाने चेतावनीसमेत उनले दिएका छन् ।

पौडेलले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सञ्चारमाध्यमको संवैधानिक अधिकारमाथि हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?