
- चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले चार सदस्यीय टोली गठन गरेको छ।
- सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित टोलीमा विभिन्न मन्त्रालय र आयोगका प्रतिनिधिहरू सदस्य छन्।
- सरकारले वार्ता र संवादका माध्यमबाट मात्रै समस्याको समाधान खोज्न डा केसीलाई आह्वान गरेको छ।
काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बस्नुभएका प्रा डा गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा उक्त वार्ता टोली गठन गरेको हो। टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्य–सचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयका प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन्।
मन्त्रालयले डा केसीले राखेका मागहरूप्रति गम्भीर ध्यानाकर्षण र संवेदनशीलता व्यक्त गर्दै वार्ता र संवादका माध्यमबाटै समाधान खोज्न अनशनरत पक्षलाई आह्वान गरेको छ।













