महानगरलाई सहयोग नगर्ने भए सिंहदरबार सारे हुन्छ : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सिंहदरबार वा राजधानी नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन्।

बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै उनले कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुस् भन्दै संघीय सरकारलाई चुनौती दिएका हुन्।

उनले संघीय सरकारलाई चुनौतीसहित भनेका छन्, ‘हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।’

उनले हामीलाई हाम्रो सम्पदा, संस्कृति , कला, सभ्यता चाहिएको हो भन्दै राजनीति चाहिएको होइन भनेका छन्।

यसअघि प्रमुख साहले १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने बताएका थिए। एक सातादेखि यी स्थानका फोहोर उठेका छैन। गत बुधबार उनले आफ्ना १४ वटा माग पूरा नगरेसम्म यी तीनै ठाउँको फोहोर नउठाउने घोषणा गरेका थिए।

मन्त्रिपरिषद्‍ बैठकले महानगरसँग समन्वय गर्ने र समस्या समाधान गर्ने निर्णयसमेत गरिसकेको छ। यद्यपि, केन्द्र सरकार र महानगरबीच सम्बन्ध सुधार भएको देखिँदैन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?