आफ्नो संवेदनशील अंग आफैँले काटेपछि…

काठमाडौं । मकवानपुरमा आफ्नै संवेदनशील अंग (लिंग) काटेर एक व्यक्ति घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजको १ नम्बर कोठामा ती व्यक्ति आफैँले संवेदनशील अंग काटेका थिए ।

घटना गए राति करिब १० बजेको हो । मकवानपुरकै मकवानपुरगढी गाउँपालिका–७, नयाँगाउँका २२ वर्षीय नवीन हुमागाइँ आफ्नै संवेदनशील अंग काटेर घाइते भएका प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार हुमागाइँ संवेदनशील अंग काटेर घाइते भएपश्चात् उपचारका लागि आफैँ गए राति करिब पौने १२ बजे हेटौँडा अस्पतालमा पुगेका थिए । थप उपचारका लागि उनलाई चितवनको भरतपुरतर्फ पठाइएको प्रहरीले जानकारी गराएको छ ।

प्रहरीका अनुसार हुमागाइँले आफैँले संवेदनशील अंग काटेको बताएका छन् । कारण खुल्न बाँकी छ ।

उनको तत्कालीन अवस्था मध्यम र बोल्न सक्ने स्थितिमा रहेको सो कार्यालयले जनाएको छ । बाह्रखरी

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?