सुनकाण्डबारे उच्चस्तरीय छानबिन समिति बनाउने सहमति, आजदेखि संसद चल्ने

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरू सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएका छन् ।

सिंहदरबारमा सोमबार राति बसेको सर्वदलीय बैठकले सर्वदलीय समिति गठनमा सहमति जुटाएको हो । प्रहरीले गरिरहेको अनुसन्धानलाई असर नपर्ने गरी समिति बनाउन सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटेको हो ।

बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सुनकाण्डको विषयमा जाँचबुझ आयोग बन्ने र सीआईबीले पनि निरन्तर अनुसन्धान जारी राख्ने गरी सहमति जुटेको  बताए । यसको सहमतिको मस्यौदा तयार गर्न तीन सदस्य समिति गठन गरिएको छ ।

मस्यौदा समितिमा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

समितिले तयार पारेको मस्यौदामा आज दिउँसो २ बजे हस्ताक्षर गर्ने र ३ बजे हुने संसद्को बैठक सुचारु गर्ने सहमति भएको छ । सुन तस्करीमा उच्चस्तरीय छानबिनको माग गर्दै नेकपा एमालेले गत साउन १० देखि संसद अवरुद्ध पार्दै आएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?