‘पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि मेयर बालेनकाे धम्की : “सिंहदरबारमा आगो लगाइदिन्छु”

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्।

मेयर शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन् । ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो।

ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै सोधखोज गरेका थिए । त्यसैको झोंक उनले सामाजिक सञ्जालमा फेरका छन्।

‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार!,’ मेयर शाहले शनिबार राति नै सामाजिक सञ्जालमा लेखेका थिए।

कोटेश्वर क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले केही बेर सरकारी गाडी रोकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

‘बिदाको दिन सरकारी गाडी देखिएपछि ड्युटीमा रहेकाले अनुमति लिनु भएको छ भन्दै सोधेका हुन्, त्यो खासै ठूलो कुरा होइन। सरकारी गाडी दुई—तीन मिनेट पनि नरोकिएको जानकारी गराएका छन्। गाडीमा को थियो त्यो याद गर्ने कुरा भएन। त्यहाँ खटिएका ट्राफिक प्रहरीले नम्बर समेत नटिपी छाडेका रहेछन्,’ उनले सेतोपाटीसँग भने।

एक अधिकारीले दिएको जानकारी अनुसार गाडीपछाडि महिला बसेकी थिइन्। चालक आफैंले काठमाडौं महानगरपालिकाको गाडी रोक्नुपर्नाको कारण के हो भनेर सोधेको ती अधिकारीले बताए।

स्रोतका अनुसार कोटेश्वरमा पत्नी चढेको गाडी रोकिएपछि मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई राति नै फोन गरेका थिए। उनले काठमाडौं महानगरपालिकाको गाडी चेकिङ गर्नाको कारण पनि सोधखोज गरेका थिए।

‘बिदाको दिन सरकारी गाडी चेक हुन्छ । कुन उद्देश्यका लागि चलेका छन् भनेर सोधखोज गर्नु ड्युटीमा खटिएका प्रहरीको कर्तव्य हो। उनीहरूले आफ्नो कर्तव्य पालना गरेका हुन्। मेयर शाहलाई यसमा चित्त बुझेनछ,’ प्रमुख जिल्ला अधिकारी स्रोतले भन्यो, ‘काठमाडौं महानगरपालिकाका कुनै पनि गाडी रोकिनु हुँदैन भन्ने उहाँको सोच रहेछ। पछि स्ट्याटस पनि त्यही ढंगबाट आयो।’-सेताेपाटी

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?