काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा संशोधन प्रस्ताव गर्न सकिने बताएका छन्।
मंगलबार अनेरास्ववियूले आयोजना गरेको विद्यालय शिक्षा विधेयकमाथि अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले माफियालाई फाइदा पुग्नेगरी काम नगर्ने पनि बताए। ‘विधेयक संशोधन प्रस्ताव गर्न सक्छौँ, माफियालाई फाइदा पुग्ने काम हामी गर्दैनौँ,’ उनले भने।
पछिल्लो समय शिक्षा र स्वास्थ्यलाई व्यापार बनाइएको उनको आरोप छ। नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणि चौधरीले पनि उक्त विधेयक संशोधनमा सांसदहरुले पनि भूमिका निर्वाह गर्ने बताए।












