काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधि सभामा पेश गरेको छ।
आज (आइतबार) भएको प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उक्त विधेयक पेश गरेका हुन्।
उक्त विधेयक साउन १६ गते नै मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्न स्वीकृति दिएको थियो। तर,शिक्षकहरुको विरोध प्रदर्शनले अघि बढ्न सकेको थिएन।
केही दिनअघि मात्रै सरकार र नेपाल शिक्षक महासङ्घबीच ६ बुँदे र राहत शिक्षकबीच पाँच बुदे सहमति भएको छ।