रास्वपाबाहेक अरू दलमा अहिले पनि राणा शासन छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको बताएका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताएका हुन् । उनले अझै पनि दलहरूले आफ्नो मान्छेलाई भर्ती गर्ने गरेको बताउदै राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरू छानिने परम्परा कायम रहेको बताए।

उनले भने, “हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ। समावेशी लोकतन्त्रभित्र आइपुगेका छौँ। तर, रास्वपा बाहेकका दलहरुमा अझैपनि राणा शासन कायम रह्यो। जसले गर्दाखेरी मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्दाखेरी पनि आफ्ना मान्छेहरुले भर्ती पाउने, चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायमै रह्यो। हिजो राणा शासनमा पनि त हुक्के, बैठक, चाकडी गर्ने, तेल लगाउने मान्छेहरुलाई तिमीलाई यति जग्गा बिर्ता, तिमीलाई यहाँको सम्पत्ति, तिमीलाई यो भनेर दिइन्थ्यो।”

उनले आफ्नो पार्टीमा राणा शासनको अन्त्य भएको भन्दै आफूलाई चिनेर केही नहुने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?