back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

गोठाटारमा प्रहरीले गोली हानेर समात्यो लागुऔषध कारोबारी

spot_img

काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाउँदा लागुऔषध कारोबारी घाइते भएका छन्।

प्रहरीले चलाएको गोली दाहिने तिघ्रामा लागेर एक भारतीय नागरिक घाइते भएका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ।

लागुऔषध कारोबारी झापाका अर्घ लिम्बु र भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई हतियारसहित पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

गोली लागेका मोहम्मदको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए।

उनको साथबाट एक थान पेस्तोल र २ सय ग्राम खैरो हेरोइनसहित तराजु बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?