काठमाडौँ । सरकारबाट कैद मिनाहा पाएका योगराज ढकाल (रिगल)विरुद्धको मुद्दामा सुनुवाइ सकेको सर्वोच्च अदालतले भोलि निर्णय सुनाउने भएको छ ।
कामू प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासले बिहीवार निर्णय सुनाउने आदेश दिएको हो ।
उक्त रिटमाथि यही मंगलबार र बुधबार सर्वोच्चमा सुनुवाइ भएको थियो ।
आफ्ना पति चेतन मानन्धरको हत्या गर्नेलाई आमा माफी दिन नहुने भन्दै राष्ट्रपतिको निर्णय खारेजीको मागसहित भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।












