मोटरसाइकल दुर्घटना हुँदा श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते

काठमाडौं । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा मकवानपुरको गढी गाउँपालिका-२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङ्तान गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको डिएसपी भण्डारीले बताए।

उनका अनुसार सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो १ बजे गढी गाउँपालिका-२ धवाडीपुलमा सडकबाट अनियन्त्रित भई १०/१२ मिटर तल खसेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?