back to top
IPL 2024
IPL 2024
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

मोटरसाइकल दुर्घटना हुँदा श्रीमती र छोरीको मृत्यु, श्रीमान् घाइते

spot_img

काठमाडौं । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

Workplace

दुर्घटनामा मकवानपुरको गढी गाउँपालिका-२ कुर्लेपाखा बस्ने ३४ वर्षीया रुपा स्याङ्तान र उनका ४–५ महिने छोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङ्तान गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेका उनलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको डिएसपी भण्डारीले बताए।

उनका अनुसार सुकौराबाट कान्तिलोकपथतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो १ बजे गढी गाउँपालिका-२ धवाडीपुलमा सडकबाट अनियन्त्रित भई १०/१२ मिटर तल खसेको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?