जनसेवा मावि मा शिक्षक, विद्यालय प्रतिनिधिको क्षमता विकास र अभिभावक सचेतना सम्बन्धी कार्यशाला

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं. ७ मा रहेको जनसेवा माध्यमिक विद्यालयमा शिक्षक, विद्यालय प्रतिनिधिको क्षमता विकास र अभिभावक सचेतना सम्बन्धी कार्यशाला सुरु भएको छ । शिक्षण सिकाइ सुदृढीकरणका लागि याे कार्यक्रम गरीएकाे विद्यालयले जनाएकाे छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले शिक्षाको गुणस्तर वृद्धि गर्न अभिभावकको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसका लागि आवश्यक जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्बासेले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए । 

कार्यक्रममा वडाध्यक्ष गुणाखर अधिकारीले शिक्षालाई गुणस्तरीय बनाउन सके मात्रै देशको नीति राम्रो बन्ने भन्दै आ–आफ्नो स्थानबाट आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । त्यस्तै पालिकाका शिक्षा अधिकृत तेज बहादुर खनालले प्रशिक्षण दिँदै बालबालिकाको पढाईमा अभिभावकको जिम्मेवारी सबैभन्दा महत्वपूर्ण हुने भन्दै बालबालिकाका लागि समय व्यवस्थापन गर्न अभिभावकलाई आग्रह गरे । यस्तै पि. टि. ए. अध्यक्ष कृष्ण प्रसाद घिमिरेले पनि शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पाणिनी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष गुणाखर अधिकारी, पाणिनी गाउँपालिका शिक्षा शाखा प्रमुख तेज बहादुर खनाल, वडा सदस्य प्रेम थापा, प्रशिक्षक रोमनाथ घिमिरे, मोहन बेल्बासे लगायत स्थानीय सरोकारवाला, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे, पूर्व व्यवस्थापन समितिका अध्यक्षहरू सहित अभिभावकहरूको उल्लेख सहभागिता रहेको थियो ।

भोलि सम्म चल्ने कार्यशालामा भोलि शिक्षकको क्षमता विकासका विषयमा प्रशिक्षण हुने कार्यक्रम तय भएको विद्यालयले जनाएको छ । जनसेवा माध्यमिक विद्यालयको आयोजना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षता र पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक गोविन्द पौडेलले गरेका थिए । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश प्युठानी
लेखकको बारेमा

प्रकाश प्युठानी

प्युठानी पाणिनि पत्रकार समाजका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?