प्रेरक प्रसंग : आत्मविश्वास आफैँमा एउटा ज्योतिष हो

न्युयोर्कमा एडवार्ड ऐनिस नामक एक व्यक्ति बस्थे । उनमा धर्मकर्म र ईश्वरीय अस्तित्वमाथि अत्यन्त विश्वास थियो । तर, आफन्तमाझ भने उनी नै सबैभन्दा निर्धन थिए । गरिबीका बाबजुद उनमा अत्यन्त धेरै आत्मविश्वास थियो । यस गुणका कारण सबैले उनलाई सम्मान गर्थे । निर्धनताकै अवस्थामा उनको जिन्दगीको महत्वपूर्ण हिस्सा बित्यो । एकदिन उनी कुनै स्थान हुँदै कतै गइरहेका थिए ।

त्यत्तिकैमा उनलाई त्यस स्थानमा बहुमूल्य धातु र पर्याप्त सुन भएको आभास भयो । उनले एक ज्योतिषसित पनि यस विषयमा सल्लाह गरे । ज्योतिषले पनि आत्मविश्वासमाथि नै जोड दिए । उनले भने– मेरा हृदय र आत्मा यति निष्कलंक र विकाररहित छन् कि तिनमा भविष्यबारे यस्ता सन्दर्भ ठीक त्यसैगरी देखिन्छन्, जसलाई मैले प्रत्यक्ष देखिरहेको छु । जब मेरो विश्वास दृढ हुन्छ भने त्यसमा सफलताको कुनै सन्देह हुँदैन ।

ऐनिससित धन त थिएन । तैपनि, उनले तमाम आवश्यक साधन एकत्रित गरेर केही मित्रको सहयोगबाट सो जमिन किने । जमिन हात पर्नासाथ उनले त्यहाँ खन्न सुरु गरे । तर, खन्दै जाँदा उनले केही टुक्रा चाँदी मात्र हात पारे । त्यसको केही समयपछि नै उनको मृत्यु भयो । मृत्युअघि उनले आफ्नो एक सन्देशमा भनेका थिए– जुन कुरा आत्मैदेखि निस्किन्छ, त्यो कहिल्यै झुटो हुँदैन । भलै मैले केही भेटिनँ, तर यस स्थानमा सुन अवश्यै भेटिनेछ ।

ऐनिसको मृत्युको १६ वर्षपछि उनकी पत्नी मार्या मारले, जसलाई पतिको आत्मविश्वासमाथि भरोसा थियो, उनले पुनः खन्ने कार्यलाई निरन्तरता दिइन् । ६ सय फिटसम्म खनेपछि त्यहाँ सुन, चाँदी, तामा र जिंकको भण्डार भेटियो । यसबाट मार्यालाई कैयौँ लाख डलरको लाभ भयो । आफ्नो यस सफलतामा मार्याले केवल यति नै टिप्पणी गरिन्– आत्मविश्वास आफैँमा एउटा ज्योतिष हो, यस्ता मानिसले भलै आफ्ना लागि केही गर्न सकेनन् भने पनि अन्यको कल्याण भने अवश्यै गर्नेछन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?