गुल्मीमा बोका चोरेको आरोपमा २ जना पक्राउ

गुल्मी । गुल्मीमा बोका चोरेर मासु खाने दुई जना पक्राउ परेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय एक र अर्को एक जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनीहरुले मङ्सिर १५ गते राति गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ बर्दबास बस्ने बिष्णु कुमारी जोगी कुँवरको अन्दाजी २२ किलोको बोका चोरेका थिए । कुँवरको उजुरीपछि अनुसन्धान गर्दै जाँदा गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्बर १ मा फेला पारी पक्राउ गरि सोधपुछ गर्ने क्रममा उक्त चोरी गरेको बोका काटि केहि मासु खाएको र केही मासु बिक्री गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थियो ।

उनीहरुलाई गुल्मी जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?