दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै भारतले जित्यो उपाधि

काठमाडौं । सन्जु स्यामसनको शतक र अर्शदीप सिंहको उत्कृष्ट बलिङमा भारतले तेस्रो तथा अन्तिम ओडिआईमा दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै उपाधि जितेको छ।  योसँगै तीन खेलको  सिरिज भारतले २–१ ले जितेको हो।

जितको लागि २ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ दशमलव ५ ओभरमा २ सय १८ रनमा अल आउट भयो। दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जोर्जी ८१ रनमा आउट भए।

तर  मध्यक्रम र तल्लोक्रम नचल्दा दक्षिण अफ्रिका पराजित भएको हो। कप्तान एडेन माक्ररम ३६, डेविड मिलर १०, हेनरिक क्लासेन २१, केशव महाराज १४ र बेउरान हेन्डिक्सले १८ रन बनाए।

भारतका अर्शदीप सिंहले ४ विकेट लिए । तीन खेलमा १० विकेट लिँदै अर्शदीप प्लेयर अफ द सिरिज चुनिए। आवेश खान र वासिन्टन सुन्दरले २–२ विकेट लिए। अक्षर पटेल र मुकेश कुमारले १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो। भारतको जितमा सञ्जु स्यामसनले सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए।

सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो।  तिलक बर्मा  ५२ रनमा आउट भए। रजत पाटिदार २२, साई सुदर्शन १०, लोकेश राहुल २१ र अक्षर पटेल १ रनमा आउट भए।​ रिंकु सिंहले ३८ रनको योगदान दिए।

दक्षिण अफ्रिकाका बेउरान हेन्ड्रिक्सले ३ विकेट लिए।​ नान्द्रे बर्गरले दुई, लिजाड विलियम्स, विवान मुल्डर र केशव महाराजले १–१ विकेट लिए।

यसअघि तीन खेलको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?