back to top
IPL 2024
IPL 2024
२५ माघ २०८१, शुक्रबार
२५ माघ २०८१, शुक्रबार
IPL 2024
spot_img

दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै भारतले जित्यो उपाधि

spot_img

काठमाडौं । सन्जु स्यामसनको शतक र अर्शदीप सिंहको उत्कृष्ट बलिङमा भारतले तेस्रो तथा अन्तिम ओडिआईमा दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै उपाधि जितेको छ।  योसँगै तीन खेलको  सिरिज भारतले २–१ ले जितेको हो।

Workplace

जितको लागि २ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५ दशमलव ५ ओभरमा २ सय १८ रनमा अल आउट भयो। दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जोर्जी ८१ रनमा आउट भए।

तर  मध्यक्रम र तल्लोक्रम नचल्दा दक्षिण अफ्रिका पराजित भएको हो। कप्तान एडेन माक्ररम ३६, डेविड मिलर १०, हेनरिक क्लासेन २१, केशव महाराज १४ र बेउरान हेन्डिक्सले १८ रन बनाए।

भारतका अर्शदीप सिंहले ४ विकेट लिए । तीन खेलमा १० विकेट लिँदै अर्शदीप प्लेयर अफ द सिरिज चुनिए। आवेश खान र वासिन्टन सुन्दरले २–२ विकेट लिए। अक्षर पटेल र मुकेश कुमारले १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रन बनाएको थियो। भारतको जितमा सञ्जु स्यामसनले सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए।

सञ्जुको यो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक हो।  तिलक बर्मा  ५२ रनमा आउट भए। रजत पाटिदार २२, साई सुदर्शन १०, लोकेश राहुल २१ र अक्षर पटेल १ रनमा आउट भए।​ रिंकु सिंहले ३८ रनको योगदान दिए।

दक्षिण अफ्रिकाका बेउरान हेन्ड्रिक्सले ३ विकेट लिए।​ नान्द्रे बर्गरले दुई, लिजाड विलियम्स, विवान मुल्डर र केशव महाराजले १–१ विकेट लिए।

यसअघि तीन खेलको टी–२० सिरिज १–१ को बराबरीमा सकिएको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?