back to top
IPL 2025
IPL 2024
१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार
IPL 2025
spot_img

नेपाल सुपर लिगमा आज दुई खेल

spot_img

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार दुई खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

शीर्ष स्थानको पोखरा सात खेलबाट १४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। यो खेलमा जित निकालेमा ऊ सोझै फाइनल पुग्नेछ।

सात खेलबाट १२ अंक सहित धनगढी लिग तालिकाको दोस्रो स्थानमा छ। ऊ पोखरालाई हराउँदै शीर्ष स्थानमा उक्लिन चाहन्छ। धनगढी पोखरासँगै पहिलो क्वालिफायर पक्का गर्न दाउमा हुनेछ।

दशरथ रंगशालामै हुने अपराह्न ५ बजे शुरु हुने दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्नेछन्।

चौथो स्थानको झापा शुक्रबारको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ। यो खेल जितेर उसलाई शीर्ष चारमा स्थान पक्का गर्ने अवसर छ।

तालिकाको पुछारमा रहेको चितवन प्रतियोगिताको सुखद अन्त्य गर्ने प्रयासमा रहनेछ। उसको दाउ झापालाई प्लेअफ खेल्नबाट रोक्नु पनि हुनेछ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?