अर्घाखाँची समाज जापानको पाँचौ अधिवेशन टोकियोमा सम्पन्न

अर्घाखाँची । अर्घाखाँची समाज जापानको पाँचौ अधिवेशन टोकियोमा सम्पन्न भएको छ। ३ सेसनमा संपन्न कार्यक्रमको उद्घाटन सत्र समाजका अध्यक्ष दिपक थापाको अध्यक्षता महासचिव नारायण भुसालको सञ्चालमा भएको थियो।

उद्घाटन सत्रमा समाजका उपाध्यक्ष नेत्र प्र. पन्थीले स्वागत मन्तव्य राखेका थिए । समाजका संरक्षक बाबुराम पौडेलले बिगत देखी आज सम्म समाजका गतिविधि, उपलब्धि एवम् आगामी दिनमा समाजले गर्नुपर्ने कामको विषयमा चर्चा गरेका थिए । अध्यक्ष दीपक थापाले २०२१/२३ कार्यकालमा भएका समाजका गतिविधिका विषयमा अवगत गराऊदै आगामी कार्यसमितिलाई मार्गप्रशस्त गर्दै कार्यसमिति विघटन गरेका थिए ।

दोस्रो चरणमा बन्द सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष दीपक थापा ले गर्नु भएको थियो ।  निर्वाचन समितिका संयोजक बाबुराम पौडेलले बन्द सत्रको सञ्चालन गरेका थिए । बन्द सत्रमा निवर्तमान महासचिव नारायण भुषालले सांगठनिक प्रतिवेदन, निवर्तमान कोषाध्यक्ष टोप ब. घर्ती मगरले आर्थिक प्रतिवेदन र निवर्तमान सचिव अर्जुन आचार्यले  विधान संशोधन प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको थियो।

निर्वाचन समितिले निर्वाचनको प्रक्रिया अन्तर्गत सर्वसहमतिका लागी आगामी कार्यसमितिका पदाधिकारी एवम् सदस्यको नाम प्रस्ताव गरेको थियो।

उक्त विषयमा थप छलफल पश्चात आगामी नेतृत्वको नाम बन्द सत्रको हलले पारित गरेको थियो।

आगामी कार्यकालका लागी कृष्ण के.सीको नेतृत्वमा ३१ सदस्यीय  कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा नारायण भुसाल, संगीता थापा,टोप ब. घर्ती मगर, गोबिन्द बिष्ट, मनीष खनाल महासचिव अर्जुन आचार्य, सचिव अभिनाश जी.सी, सरोज भुषाल, अशिम खनाल कोषाध्यक्ष निरंजन खड्का सह-कोषाध्यक्ष केशव रेश्मी रहनुभएको छ। महिला संयोजक मधु क्षेत्री, बिद्यार्थी संयोजक नारायण भट्टराईलाई चयन गरीएको छ। कार्यसमिति सदस्यहरूमा फन ब. पुन, दिल प्र. श्रेष्ठ, चेतनारायण थापा, मनोज खनाल, भगीरथ खनाल, मार्शल रायमाझी, दिनेश थापा, राजिब पछाई, चेतन घर्ती मगर, दिली  रेश्मी, मिना थापा, कमला केसी, धर्मराज पौडेल र शंकर रायमाझी निर्वाचित भएका छन । बाँकी ३ सदस्य कार्यसमितिले मनोनीत गर्ने छ।

कार्यक्रमको खुल्ला सत्र नवनिर्वाचित कृष्ण के.सीको अध्यक्षता जापानका लागी नेपाली राजदूतावासका महामहिम राजदूत डा. दुर्गा बहादुर सुबेदी ज्यूको प्रमुख आतिथ्यता, वाणिज्य संघ जापानका अध्यक्ष विजेश थकाली ज्यू, पत्रकार महासंघ जापानका उपाध्यक्ष इन्दिरा खनालको विशिष्ट आतिथ्तता रहेको थियो। कार्यक्रममा वाणिज्य संघ जापानका अध्यक्ष विजेश थकालीले मंतव्य राख्दै जापानमा रहेका संघ संथाले खेलेका भूमिका विषयमा चर्चा गर्नुभएको थियो। साथै नव निर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना व्यक्त गरेका थिए ।

पत्रकारमहासंघ जापानका उपाध्यक्ष इन्दिरा खनालले समाजले गरेका अनुकरणीय कामको प्रशंसा गर्दै आगामी दिनमा पनी पत्रकार महासंघ जापानले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा.दुर्गा ब. सुबेदीले समाजको अधिवेशनमा उपस्थित हुन पाउदा खुसी व्यक्त गरे । समाजका गतिविधि अझ प्रभावकारी हुने बिश्वास व्यक्त गर्दै प्रवासमा समाजको महत्वका विषयमा आफ्ना भनाई राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि ज्यूले पानसमा बत्ती बालेर समाजको रू.१० लाखको अक्षयकोषको स्थापना शुभारम्भ गरेका थिए भने नव निर्वाचित कार्य समितिलाई प्रमाणपत्र तथा ७६ जना  आजीवन सदस्यलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए ।

अक्षयकोष स्थापनाको पृष्ठभूमि र उद्देश्यको बारेमा निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी गराएका थिए ।

खुला सत्रको सञ्चालन नव निर्वाचित महासचिव अर्जुन आचार्यले गरेका थिए । कार्यक्रममा समाजलाई गतिशील बनाऊदै जापानमा रहेका अर्घाखाँची जिल्लाका संपूर्ण महानुभावको साँझा संथाको रूपमा स्थापित गर्ने  प्रतिबद्धता ब्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष कृष्ण केसीले समापन गरेका थिए ।

अधिवेशन पश्चात नवनिर्वाचित कार्यसमितिको पहिलो पूर्ण बैठक पनी सम्पन्न भएको छ। बैठकले २०२१/०२३ कार्यकालको कार्यसमिति, समाजका आजीवन सदस्य, साधारण सदस्य लगाएत अधिवेशन सफल बनाऊन सहयोग गर्ने संपूर्णलाई धन्यवाद प्रस्ताव पारित गरेको

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?