जन्मदिनको अवसरमा विद्यालयमा न्यानो कपडा वितरण  

अर्घाखाँचीको छत्रदेव ३ साजबोटमा रहेको विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ ।

साजबोट ३ मा रहेको जगतमाता आधारभुत विद्यालयमा अध्ययनरत बाल कक्षा देखी ८ कक्षामा अध्ययनरत गरीब तथा असहाय २६ जना विद्यार्थीहरूका लागि न्यानो कपडा स्विटर र टोपी वितरण गरिएको हो ।जन्मदिनको अवसर पारेर विद्यालयका पूर्व विद्यार्थी, बल्कोट अर्घाखाँची सम्पर्क समाज युएईका संस्थापक अध्यक्ष समेत रहेका सोही क्षेत्रका युवा टुमलाल पाण्डेले प्रदान गरेका टोपी र स्विटर विद्यालयले विद्यार्थीहरूलाई वितरण गरेको हो ।

वैदेशिक रोजगारीका क्रममा दुबईमा लामो समय यता कार्यरत पाण्डेले हरेक वर्ष गाउँमा सहयोग गर्दै आएका छन । पाण्डेले यस पटक आफूले कखरा पढेको विद्यालयमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए । पाण्डेले प्रदान गरेको न्यानो कपडा एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि लामिछानेको अध्यक्षता, तथा कार्यवाहक वार्ड अध्यक्ष सुमित्रा पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका सदस्यहरू, स्थानीय समाजसेवी व्यक्तित्वसमेतको उपस्थिति रहेको औषधालयका प्रधानाध्यापक केशव खनालले जानकारी दिए।

गाउँलाई माया गरेर विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागी सम्झेर न्यानो कपडा प्रदान गरेकोमा विद्यालयको तर्फबाट पाण्डेलाई कार्यक्रममा धन्यवाद प्रदान गरिएको थियो । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा सामाजिक रुपमा सामाजिक सेवामा सहयोग गरेकोमा उपस्थित सबैले पाण्डेको प्रशंसा गरेका हुन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?