स्कटल्यान्डमाथि नेपालीको फराकिलो जित

काठमाडौं । विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेको १९ वर्ष मुनिको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ रनको फराकिलो अन्तरले हराएको छ।

अलराउन्डर गुलशन झाको शतकमा नेपालले फराकिलो जित दर्ता गरेको हो। जितको लागि २८५ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३ दशमलव २ ओभरमा १४९ रनमा अलआउट भयो।​

स्कटल्यान्डका उजैर अहमदले २८ र खानले २४ रन बनाए। नेपालका तिलक राजभण्डारीले ३ र आकाश चन्दले २ विकेट लिए।

त्यसअघि नेपाल ४९ दशमलव २ ओभरमा २८४ रनमा अल आउट भएको थियो। गुलशन झाले ११५ बलमा ११४ रनको शतकिय इनिङ्स खेले। दीपक बोहरा ५४ बलमा ५८ रनमा अविजित रहे।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?