वनसँग विद्यार्थी कार्यक्रम

बुटवल । श्री रामनगर सामुदायिक उपभोक्ता समुहको आयोजना र कानुन विद्यार्थी समाज कालिकाको समन्वयमा विद्यार्थीलाई वन ऐन र कार्यविधिबारे थप जानकारी दिने उद्देश्यले बिहीबार बुटवल–१० रामनगर, श्री रामनगर सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा वनसँग विद्यार्थी कार्यक्रम सम्पन्न भएको छ ।

रामनगर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रुद्र बहादुर हमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तिलोत्तमा सबडिभिजन वन कार्यालयका प्रमुख अधिकृत सूर्य प्रसाद मैनालीले प्रमुख अतिथि रहेको थियो । कार्यक्रमको प्रशिक्षक समेत रहेका मैनालीले अर्ध न्यायिक निकाय अन्तर्गत वन कार्यालयले गर्ने न्यायिक निरोपणको कार्यविधि र वन ऐन शीर्षकमा प्रशिक्षण दिएका थिए । वन कार्यालय अर्धन्यायिक निकाय भएपनि ऐनको अस्पष्टताका कारण न्यायिक निरोपण गर्न केही हद सम्म डिभिजन कार्यालय असक्षम रहेको मैनालीले बताए ।

कार्यक्रममा बोल्दै उपभोक्ता समुहका अध्यक्ष रुद्र बहादुर हमालले सो उपभोक्ता समुहले गरिब तथा असहायलाई कृया खर्च स्वरुप पाँच हजार रुपैयाँ र काठ दाउरा प्रदान गर्दै आएको बताए । जङ्गलको जनावरलाई बाह्रैमास जलपानको लागि जङ्गलमा दुई पोखरी निर्माण गरेको र रूख बिरुवा संरक्षणको लागि नम्बरिङ तथा दूरी मापनको काम गरेको बताए ।

कार्यक्रम कानुन शिक्षक युवराज कँडेलको सहजिकरणमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?