back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

बम्जनलाई थुनामा पठाउने आदेश

spot_img

काठमाडौँ । रातारात काठमाडौँबाट सर्लाही पुर्‍याइ आजै सर्लाही जिल्ला अदालतमा पेश गरिएका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

यौन शोषण, व्यक्ति बेपत्ता र विदेशी मुद्रा अपचलनको आरोपमा मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बूढानीलकण्ठबाट समातेर सर्लाही पठाइएका बम्जनलाई सर्लाही जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो।

अदालतका श्रेस्तेदार सदन अधिकारीले जिल्ला न्यायाधीश विष्णु रेग्मीको इजलासले उक्त आदेश दिएको जानकारी दिए। विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायीलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई गएराती नै सडकमार्गबाट सर्लाही पुर्‍याइएको थियो।

लामो समयदेखि फरार रहेका बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध त्यहाबाट पक्राउ पुर्जी जारी भएको थियो ।

फरार बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले पुस २४ गते मंगलबार पक्राउ गरेको हो। प्रहरी घर पुग्दा चार तलाबाट हाम्फालेर भाग्न खोजेका थिए। उनलाई सिआइबीले हिजो बुधबार सार्वजनिक गरेको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?