back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

‘वार्म अप’ मा नेपालले स्कटल्याण्डलाई हरायो

spot_img

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअघिको वार्मअप खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ। गएराति भएको खेलमा नेपालले ‘डकवर्थ लेविस’ पद्धतिको आधारमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराएको हो।

दक्षिण अफ्रिकामा भएको खेलमा ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा ३ विकेटको क्षतिमा ९९ रन जोडेको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो।

वर्षा हुनुअघि नेपालका अर्जुन कुमाल ३३ तथा आकाश त्रिपाठी २९ रन बनाएर क्रिजमा थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले ४४ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११४ रन बनाएको थियो।

बलिङतर्फ नेपालका गुलशन झा र तिलक भण्डारीले तीन–तीन विकेट लिए। नेपालले अर्को वार्मअप खेल आगामी मंगलबार वेस्ट इण्डिजसँग जोहानेसबर्गमा खेल्नेछ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?