यू-१९ विश्वकप : न्युजिल्यान्ड र नेपाल भिड्दै

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१६ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा आज टेस्ट टोली न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ :४५ मा वेस्ट लन्डनमा सुरु हुनेछ ।

नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कर ज्याक्सनले गर्ने छन् । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ ।

नेपालले यू-१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ ।

२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो । सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू-१९ भने तुलनात्मक रुपमा न्युजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ ।

दक्षिण अफ्रिका तीव्र गतिका बलरलाई बढी सहयोग मिल्ने गर्दछ । नेपालले खेल्ने आजको बफेलो पार्कमा पाकिस्तान र अफगानिस्तानसँगको खेलमा पनि तीव्र गतिका बलर हाबी बनेका थिए । नेपालका गुलशन झाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

सिनियर टोलीका प्रमुख अलराउन्डर समेत रहेका गुलशनबाट टोली ब्याटिङ र बलिङ दुवैमा ठूलो अपेक्षा गर्नेछ । उनले नेपालको लागि २४ ओडीआई र १४ टी-२० आई खेल खेलेका छन् ।

भारत, पाकिस्तान र वेस्टइन्डिज जस्ता ठूला टोलीविरुद्ध खेलेको अनुभव गुलशनसँग छ । बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता र आकाश चन्द पनि नेपालका तीव्र गतिका बलिङ हतियार हुन् ।

यता ब्याटिङमा देव खनाल, अर्जुन कुमाल र गुलशन झा प्रमुख हतियार हुन् । कप्तान देव खनालले सिनियर टोलीबाट १० ओडीआई खेल खेलिसकेका छन् ।

यू-१९ मा पछिल्लो एक वर्षमा देवले तीन र अर्जुनले दुई शतक हानेका छन् । टोलीका सबैभन्दा भरपर्दा यी दुई ब्याटरबाट नेपाल आज ठूलो इनिङ चाहन्छ ।

उता न्युजिल्यान्डले वार्मअप खेलमा स्कटल्यान्डलाई १३० रनले हराएको थियो । वेस्टइन्डिजसँग ६ विकेटले हारेको थियो । स्कटल्यान्डविरुद्ध कप्तान ओस्करले ९७ बलमा ८ चौका र ६ चौकासहित ११२ रनको शतकीय इनिङ खेलेका थिए । ओस्करसँगै टम जोन्स प्रमुख ब्याटर हुन् ।

लेग स्पिनर ज्याक कमिङ आगामी दिनमा न्युजिल्यान्डको भविष्य भन्ने गरिएको छ । कमिङविरुद्ध खेल्दा ध्यान दिन आवश्यक देखिन्छ । तीव्र गतिका बलर म्याट रवे बलिङका हतियार हुन् ।

प्रशिक्षक जगत टमाटाले दक्षिण अफ्रिका प्रस्थान गर्नुअघि पहिलो खेल सधैं महत्वपूर्ण हुने बताएका छन् । ‘न्युजिल्याण्ड विरुद्धको पहिलो खेल हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । यहीबाट हाम्रो लय सेट गर्नुपर्छ । हामी हाम्रो उत्कृष्ट प्रदर्शन दिनेछौं ।’

उनले पाकिस्तान र अफगानिस्तानसँग यू-१९ एसिया कपमा पनि खेलिसकेकोले उनीहरुबारे जानकारी रहेको बताए ।

यसअघि दुई पटक मात्र समूह चरण पार गरेको नेपालले ८ वर्षपछि यू-१९ विश्वकपमा पुनरागमन गर्दा फेरि समूह चरण पार गर्ने लक्ष्य राखेको छ ।

कोभिड १९ को कारण दुई वर्षअघि वेष्ट इन्डिजमा भएको यू-१९ विश्वकप नखेलेको न्युजिल्याण्ड इस्ट एसिया प्यासिफिक छनोट खेलेर त्यसको विजेता बन्दै विश्वकपमा छानिएको थियो ।

न्युजिल्यान्डको टोली :

टम जोन्स, जेम्स नेल्सन, लाचलान स्टकपोल, एलेक्स थोमप्सन, ओस्कर ज्याक्सन (कप्तान), ज्याक कमिङ, ओलिभर टेवाटिया, म्याट रवे, इवाल्ड श्रेडर, रयान त्सोगर्स, ल्यूक वाटसन, मासन क्लार्क, साम क्लोड, स्नेहिथ रेड्डी र रबी फोल्क्स ।

नेपालको टोली :

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश कंडेल विशालविक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलकराज भण्डारी, आकाश चन्द ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?