आज राष्ट्रिय सभा निर्वाचन : बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन बिहीबार हुँदैछ। मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।

फागुन २० गतेदेखि रिक्त हुन लागेका २० मध्ये १९ पदमा निर्वाचन हुन लागेको हो। त्यसका लागि आठ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन्।

नेकपा एमालेले १९ पदमै उम्मेदवार उठाएको छ।  गठबन्धनको नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीका एक उम्मेदवार उठाएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, नेपाल मजदुर किसान पार्टीले चार र जनमत पार्टीले दुई उम्मेदवार खडा गरेका छन्।

राष्ट्रिय सभा सदस्य चुन्न  प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष मतदाता हुनेछन्।

निर्वाचन आयोगका अनुसार देशभर दुई हजार ४७ मतदाता छन्। प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। दुई हजार ४७ मतदाताको कुल मतभार ५७ हजार ५५९ हुनेछ।

निर्वाचनका लागि सातै प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र स्थापना गरिएको छ। मतदान सकिएपछि गणना हुने र बिहीबार बेलुकी नै परिणाम सार्वजनिक हुने आयोगले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?