सन्धिखर्क नगरपालिकाले निशुल्क रुपमा रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने

सागर परियार, अर्घाखाँची । सन्धिखर्क नगरपालिका भित्रका स्थायी बासिन्दा/कर्मचारीहरुलाई निशुल्क रुपमा  रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने गरि  सन्धिखर्क  नगरपालिका र  नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्र, रुपेन्देही वीच सम्झौता भएको ।

रुपन्देही जिल्ला भित्र संचालनमा रहेका सरकारी, निजी तथा सामुदायीक अस्पतालहरुमा उपचार गराउने सन्धिखर्क नगरपालिका भित्रका  स्थायी बासिन्दा/कर्मचारीहरुलाई निशुल्क रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने र  नगरपालिकाबाट रक्त संचार सेवा केन्द्र रुपन्देहीको लागी रगत संकलन कार्यको लागी सहयोग गर्ने उदेश्यले यो पुन्य कामको लागी सम्झौता गरिएको नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए ।

आफ्ना नागरिकलाई रगत र रगतजन्य  पदार्थ अभावबाट बचाउनको लागी जिल्लामै पहिलो पटक यो कार्य गर्न लागेको र पहिलो पटक रुपन्देही र त्यस लगतै भरतपुर चितवन र काठमाण्डौँका निजी तथा सरकारी हस्पिटलहरुमा निशुल्क रुपमा  रगत र रगतजन्य पदार्थ उपलब्ध गराउनको लागी पहल गरिने प्रमुख प्रशासकीय अधिकृत खुम भुसालले जानकारी दिए ।

सम्झौतामा पहिलो पक्षको तर्फबाट नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, रोहबर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुम भुसाल र दोस्रो पक्षको तर्फबाट नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अर्घाखाँचीका सभापति कुशल भुसाल, जिल्ला शाखा मन्त्री तुलसीराम पौडेलले हस्ताक्षर गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?