कपिलवस्तु । कपिलवस्तु नगरपालिका– ९ मा ४ बर्षिया बालिका बलात्कृत भएकी छिन । उनलाई छिमेक कै १४ बर्षिया बालकले बलात्कार गरेको हो ।
शुक्रवार साँझ ६ बजेतिर घटना भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटना बारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । आरोपी बालक नाबालक रहेकोले उनको नाम भने सार्वजनिक गर्न नमिल्ने बताए ।
पीडित बालिकाको स्वास्थ्य परिक्षण गर्दा पोजेटिभ देखिएको पीडित बालिकाका अभिभावकले बताए । घटनामा संलग्न बालक विरुद्ध अभिभावकले शनिवार किटानी जाहेरी दिएका छन ।












