देश छोडेर भाग्नै लागेको थिए, धन्न भाग्य बलियो भएर यहाँसम्म आए 

पाल्पामा जन्मिएका अलिफ खान यतिबेला चर्चाको शिखरमा छन् । ऊनी जति चर्चामा छन् त्यति नै साधारण र सामान्य देखिन्छन्। धेरै वर्षको संघर्ष मेहनत र दु:ख पछि अहिले उनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको हुन ।सबैसँग घुलमिल हुन सक्ने मिलनसार स्वभावका अलिफलाई र उनको कलालाई सबैले धेरै रुचाउँदै आएका छन् । समाचार पोष्टको लागि अभिनव चौहानले गायक अलिफ खानसँग गरेको कुराकानी

धन्न मेरो भाग्य बलियो रहेछ र आफुले रोजेको क्षेत्रमा यतिसम्म भएपनि काम गर्न पाए अहिले यसैमा खुसी छु रमाएको छु।

१.जति गर्दा पनि असफल भएको अलिफ र सफल भएपछिको अलिफमा के फरक पाउनु भयो?
असफल भएको बेला र सफल भएपछि फरक त पक्कै पनि हुने गर्दछ । पहिला कहिँ कतै हिड्दा कसैले चिन्दैन थिए अहिले अलिकति भएपनि गायक अलिफ खान भनेर पहिचान बनेको छ। आफुमा पनि धेरै जिम्मेवारी बढेको महसुस गरेको छु। पहिला काम पाउन अलि गाह्रो थियोे अहिले व्यस्तता बढेको छ। परिपक्वताका हिसाबले कामको हिसाबले होस् या चर्चाको हिसाबले पहिला र अहिलेमा धेरै फरक भेटाउन सकिन्छ।

२. वर्षौं वर्ष सम्म दु:ख गर्दा पनि सफलता हात नपर्दा यस क्षेत्रबाट भागौं जस्तो लागेन?
भाग्नै लाको थिएनी मात्र दुइ दिन ढिला भएको भए सायद यतिबेला म कुनै खाडिमा हुन्थे होला।अब भाग्ने सोच नआओस् पनि कसरी छोरा मान्छे हुँ परिवार प्रतिको जिम्मेवारी महसुस हुँदै थियो उमेर ढल्किदै थियो साथीभाइ इष्ट मित्रहरुको प्रगति आफु दशकौं देखि असफल खान लगाउनकै लागि पनि धौधौ परेको थियो । यस्तै कुराले गर्दा पनि अत्यन्तै पीडा हुन्थ्यो अनि यो गीत संगीत आफ्नै देश समेत छोडेर भाग्ने तयारीमा थिए। धन्न मेरो भाग्य बलियो रहेछ र आफुले रोजेको क्षेत्रमा यतिसम्म भएपनि काम गर्न पाए अहिले यसैमा खुसी छु रमाएको छु।

३.अहिले तपाईंको जुन उचाई छ त्यसलाई निरन्तर कायम राख्न सकिएला?
मैले आफ्नो जिन्दगीलाई एकदमै सामान्य र सरल तरिकाले जीउँदै आएको छु। जीवनशैली खासै भड्किलो र खर्चिलो छैन ।आफ्नो कर्म गर्ने कुरामा कत्ति पनि कमि हुन दिने छैन । जीवनयापनको लागि यदि मलाई अफ्ट्यारो परेको बेला बेल्चा उठाउन पनि तयार छु। ।बाँकी कुरा सबै हाम्रो भगवान रुपी दर्शक श्रोताको हातमा छ ।

४.तपाईं नयाँ गीत रेकर्ड र लाइभ दोहोरी दुबैमा उत्तिकै व्यस्त हुनुहुन्छ।कुनलाई अलि बढी प्राथमिकतामा राख्नु हुन्छ ?
मेरो लागि अफिसियल गीत नै पहिलो प्राथमिकता हो। तर यसो भनिरहँदा लाइभ दोहोरीलाई हेला गरेको चाहिँ पक्कै पनि होइन। लाइभ दोहोरी अरुको बौद्धिक सम्पति हो। त्यसैले अरुको सम्पत्तिमा आजभोलि अल्लि डर लाग्छ।

५.लाइभ दोहोरीले अहिले कलाकारलाई बाच्ने नयाँ आधार दिएको हो त?
लाइभ दोहोरीले केही हदसम्म सहज त बनाएकै छ। तर लाइभ दोहोरीलाई कहिँ कतै गलत प्रयोग गरेको पनि देख्छु।अहिलेको समयमा लाइभ दोहोरी परिवारसँगै बसेर हेर्दा अल्लि ख्याल गर्नु पर्ने पनि देखिन्छ।यसलाई अलि सभ्य बनाएर अघि बढाउने हामी सबै कलाकारको जिम्मेवारी हो।बाच्ने आधार नै त नभनौँ तर कलाकारको लागि जीउँन धेरै सहज भएको छ।

६.अन्तिममा के भन्न चाहानु हुन्छ ?
यतिका कुरा राख्ने यो मौका पाएकोमा तपाईं लगायत सबैमा निकै आभारी छु ।तपाईंहरुकै अपार मायाकै कारण आज मेरो यो हैसियत बनेको छ। सबैभन्दा ठुलो कुरा सधैं यस्तै माया पाइयोस् यहीँ क्षेत्रमा योगदान पुराउन सकियोस् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?