मानवबेचबिखनविरुद्धको अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै डीएसपी पन्थीलाई अवार्ड

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत् डीएसपी गोविन्द पन्थीलाई मानवबेचबिखनविरुद्ध काम गर्ने भारतको एउटा सामाजिक संस्थाले अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरेको छ ।

‘किन इण्डिया’ नामक संस्थाले २०२३ मा मानवबेचबिखन नियन्त्रणको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै अवार्ड दिएको हो । यो संस्थाले भारतमा बेचिएका नेपालीलाई उद्दार गर्न सहयोग गर्दै आएको छ ।

संस्थाका अध्यक्ष नवीन जोशी र सल्लाहकार इन्द्रराज भट्टराईसहितको टोलीले उनलाई अवार्ड हस्तान्तरण गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरको उपस्थितिमा अवार्ड हस्तान्तरण गरिएको थियो ।

पन्थी उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गर्नुअघि प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत् थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयमा उनी अहिले वैदेशिक रोजगारीका नाममा हुन ठगी सम्बन्धी अपराध अनुसन्धान गर्ने जिम्मेवारीमा छन् ।

भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीको प्रारम्भिक अनुसन्धान समेत उनले नै गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?