आज ९ अंकले बढ्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ३४ अंकले उकालो लागेर २ हजार १ दशमलव ६४ मा पुगेको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ११ अंकले उकालो लागेर ३५७ दशमलव शून्य ९ मा पुगेको छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ७ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

कूल ५२ लाख ३९ हजार ४१६ कित्ता शेयर १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६ रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको १४ करोड १९ लाख ६२ हजार ६९० रुपैयाँ बराबरको कारोबार भयो।

शिवम् मिसेन्ट ८ करोड २९ लाख ८२ हजार ६६८ रुपैयाँ, हिमालयन रिइन्स्योरेन्स ६ करोड ४० लाख २६ हजार ९३९ रुपैयाँ, घोराही सिमेन्ट ५ करोड ४ लाख ९० हजार २६९ रुपैयाँ र हिमालयन डिस्टिलरी ३ करोड ५८ लाख ६८ हजार ९६४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र बिपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामलिङ पावर कम्पनी ९ दशमलव २६, बोटलर्स नेपाल तराई ८ दशमलव ७२ र गुराँस लघुवित्तका शेयरधनीले ८ प्रतिशतले कमाएका छन्।

चिर्खवा हाइड्रोपावर ५ दशमलव शून्य ६, कालिञ्चोक दर्शन ४ दशमलव ३०, ज्योति विकास बैंकको ऋणपत्र ३ दशमलव ६२, मैलुङ हाइड्रोपावर ३ दशमलव ५३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव १४ प्रतिशतले गुमाएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?