back to top
IPL 2025
IPL 2024
२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार
IPL 2025
spot_img

हस्ताक्षर किर्ते प्रकरण : अविलम्व दोषी पहिचान गरी सार्वजनिक गर्न रास्वपा अर्घाखाँचीको माग

spot_img

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं.सान्डेभामा रहेको चुनढुंगा सञ्चालनको लागि भूगर्भ विभागमा नगरले पठाएको पत्रमा हस्ताक्षर, लेटरप्याड तथा छाप किर्ते भएको घटनाको छानविन गरी दोषी सार्वजनिक गर्न राष्ट्रिय स्वतन्त्र पाटी अर्घाखाँचीले माग गरेको छ । 

रास्वपा अर्घाखाँचीले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो । नेपालको मुलुकी ऐन बमोजिम सरकारी छाप, लेटरप्याड तथा हस्ताक्षर दुरुपयोग दण्डनीय रहेको भनी व्यवस्था गरेको भएपनि उक्त किर्ते कागज तयार पार्ने कार्यमा संलग्न रहेकाहरूको पहिचान तथा दण्डको सम्बन्धमा पालिकाले सक्रियता नदेखाउनुले थप संशय उत्पन्न गरेको रास्वपाको ठहर छ ।

“उक्त कार्यमा संलग्नको पहिचान गरी अविलम्व कारवाहीको लागि जोडदार माग गर्दछौँ ।” विज्ञप्तिमा भनिएका छ, “जिल्लाकै बदनाम हुनेगरि, समग्र पालिकावासीको चरित्र हत्या हुनेगरि भएको उक्त अपराधको घटनाले समग्र हामी जिल्लावासीहरूको शिर निहुरिएको छ ।”

घटनाको छानविन गरी दोषीलाई कारवाहीको लागि पहल गर्न ढिलाई गरेको भन्दै पालिकाकै संस्थागत हात रहेको त छैन भन्ने आशंका गर्ने ठाउँ दिएको रास्वपाले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?