ज्योतिष परिषद् दाङकाे अध्यक्षमा पुनः सुवेदी निर्वाचित

दाङ्ग ।   नेपाल ज्योतिष परिषद् दाङ जिल्ला कार्यसमितिको अध्यक्ष पदमा उपप्राध्यापक कपिलदेव सुवेदी निर्वाचित हुनुभएको छ।परिषद्को उद्घाटन गर्दै घोराही उपमहानगरपालिका उपप्रमुख एवम् ज्योतिष परिषद् लुम्बिनी प्रदेशका सल्लाहकार हुमा डिसीले ज्योतिष विज्ञानको महत्वलाई उजागर गर्नमा ज्योतिष परिषद्ले खेलेको भुमिकाको उच्च प्रशंसा गर्दै परिषद्को उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

परिषद्का केन्द्रीय सचिव प्राध्यापक डाक्टर अर्जुन प्रसाद भट्टराईले ज्योतिष परिषद्ले नेपालमा रहेका सबै ज्योतिषी गुरुहरुलाई एकसुत्रमा बाँधी ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषीहरुको हकहितक लागी काम गरेको उल्लेख गर्दै आबद्ध नभएका गुरुहरुसमेत परिषद् मा आबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा परिषद्का केन्द्रीय कोषाध्यक्ष भुपेन्द्रराज घिमिरे, केन्द्रीय सदस्य केशव गौतम, लुम्बिनी प्रदेश अध्यक्ष मेघराज आचार्य, महासचिव ढुण्डीराज ज्ञवाली, प्रचार सचीव ठाकुर प्रसाद देवकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

परिषद्को शनिबार घोराहीमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक समेत रहनुभएका ज्योतिष कपिलदेव सुवेदीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा पदमबहादुर बस्नेत, ऋषिराम रिजाल र डम्बरुप्रसाद निरौला निर्वाचित हुनुभएको छ।

परिषद्को सचिवमा अर्जुनकुमार आचार्य, सह-सचिवमा विष्णुकुमार देवकोटा र लेखबहादुर थापा, काेषाध्यक्षमा गोविन्दप्रसाद गौतम र सह-कोषाध्यक्षमा पवित्रा पुन मगर चयन हुनुभएको छ।

परिषद्को कार्यसमिति सदस्यमा धनप्रसाद शर्मा, नारायणप्रसाद आचार्य, चन्द्रबहादुर थापा, उज्ज्वल पौडेल, संजीव देवकोटा, झक्कु प्रसाद खड्का, नेत्रप्रकाश शर्मा, किरणप्रकाश एरी, केशरा कडेल, निमकुमारी खड्का, निर्मला पुन र धनेश्वर गौतम निर्वाचित हुनुभएको छ ।

दाङ जिल्लाको अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय सचिव प्राध्यापक डाक्टर अर्जुन प्रसाद भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत र कोषाध्यक्ष भुपेन्द्रराज घिमिरेलाई निर्वाचन सचिवको रुपमा केन्द्रीय सचिवालय समितिले निर्णय गरि खटाएको परिषद्का केन्द्रीय सदस्य एवम् कार्यालय सचिव शिवलाल पौडेलले जानकारी दिनुभयो ।

परिषद्का अध्यक्ष कपिलदेव सुवेदीकाे अध्यक्षता एवम् घाेराही उपमहानगरपालिकाका उप-प्रमुख हुमा डिसीकाे प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएकाे थियाे ।।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?