back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

महिला नेतृ एवम् पूर्व मन्त्री माननीय रामकुमारी झाँक्री र कलाकार जमुना सनम कतार आउँदै,हुनेछ तिजमा धमाका

spot_img

कतारमा स्थापित विभिन्न संघ-संस्थाहरुले तिजको कार्यक्रम गरिरहँदा प्रवासी नेपाली एकता मंचले पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर ” हरितालिका तिजको शुभकामना विशेष कार्यक्रम ” यहि आउँदो शुक्रबार सेप्टेम्बर ६ तारिखका दिन दोहा स्थित होटल क्राउन प्लाजाको सभाहलमा सम्पन्न गर्ने भएको छ ।

प्रवासमा रहेका सम्पुर्ण नेपालिहरुमा आपसी सद्भाव बढाउनका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउँदै कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालबाट पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका महिला नेतृ माननीय श्री रामकुमारी झाँक्री साथै कार्यक्रममा सांगीतिक प्रस्तुति दिन अतिथी कलाकारका रुपमा ओए सुन्तली , चौबन्धिमा चारवटा तुना , मेरा त बुढाले रक्सी खाँदैनन लगायतका दर्जनौं हिट गित दिन सफल चर्चित कलाकार जमुना सनम पनि कतार आउने कुरा प्रवासी एकता मंच कतारका अध्यक्ष मुक्तदा मुसलमानले जानकारी दिए । कार्यक्रममा सनम सङ्गै कतारमा श्रम गरिरहेका श्रमजीवी कलाकारहरुको पनि बेजोड प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउनका लागि कार्यक्रम संयोजक राम कुमारी तामाङले कतारमा स्थापित सम्पुर्ण संघ-संस्थाहरु , समाजका अग्रज तथा बुद्धिजीवी वर्गहरु , समाजसेवी एवम् सामाजिक अभियान्ताहरु , पत्रकार, कलाकार लगायतलाई पत्राचार गरिसकेको जानकारी गराउँदै दोहावासी सम्पुर्णलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा समेत गरेकी छिन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?