कपिलवस्तुमा दुर्गा भगवतीका ५१३ मूर्ति प्रदर्शन, सुरक्षा व्यवस्था कडा

समाचार सारांश
Auto Generated by AI
  • विजयादशमीको अवसरमा कपिलवस्तुका १० वटै पालिकामा गरी ५१३ वटा दुर्गा भगवतीका मूर्तिहरू प्रदर्शनका लागि निकालिएका छन्।
  • दसैँको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्लामा १ हजार ९२० भन्दा बढी सुरक्षाकर्मीसहित कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
  • प्रदर्शित मूर्तिहरूको विसर्जन आउँदो कात्तिक ३ गतेदेखि ९ गतेसम्म गरिने कार्यक्रम रहेको छ।

कपिलवस्तु । विजयादशमीको अवसरमा कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा दुर्गा भगवतीका मूर्ति प्रदर्शनका लागि निकालिएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका १० वटै पालिकामा गरी ५१३ वटा मूर्ति प्रदर्शनका लागि निकालिएको विवरण सार्वजनिक भएको छ।

वर्षौँदेखि चल्दै आएको यस सांस्कृतिक परम्पराअन्तर्गत घटस्थापना र नवरात्रका विभिन्न दिनमा विशेष पूजापाठ गरी मूर्ति प्रदर्शन गर्ने चलन छ। मूर्ति प्रदर्शनसँगै जिल्लाका गाउँ तथा सहरमा दसैँको चहलपहल बढेको छ। विशेषगरी रातिको समयमा भक्तजनहरू मूर्ति दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार कपिलवस्तु नगरपालिकामा सबैभन्दा बढी ९६ वटा मूर्ति निकालिएका छन्। कृष्णनगरमा ८६, बुद्धभूमिमा ६८, यशोधरामा ५५, महाराजगन्जमा ४४, शिवराजमा ३८, शुद्धोधनमा ३६, मायादेवीमा २८ र बाणगंगामा २४ वटा मूर्ति प्रदर्शनका लागि निकालिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताएका छन्।

गत वर्ष जिल्लामा ४९६ वटा मूर्ति प्रदर्शनका लागि निकालिएका थिए।

दसैँका बेला हुने भीडभाड र सम्भावित घटनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले जिल्लाभर सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीका अनुसार कृष्णनगर र महाराजगन्जलाई विशेष संवेदनशील क्षेत्रका रूपमा राखेर सुरक्षा रणनीति बनाइएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत ६४ वटा क्विक रेस्पोन्स टिम परिचालन गरिएको छ। साथै, २७७ वटा सीसीटीभीमार्फत निगरानी र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १ हजार ९२० भन्दा बढी सुरक्षाकर्मी खटाइएको उनले बताएका छन्।

कृष्णनगरमा विगतमा मूर्ति विसर्जनका क्रममा साम्प्रदायिक घटना भएकाले सम्भावित तनाव रोक्न स्थानीय तहमा समेत समिति गठन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार चाडपर्वका समयमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र सम्भावित घटनाहरू रोक्न जिल्लामा विशेष सुरक्षा योजना सञ्चालन गरिएको छ।

प्राप्त विवरणअनुसार निकालिएका मूर्तिहरूको विसर्जन कात्तिक ३ देखि ९ गतेसम्म गरिनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?