ट्रेड युनियन काँग्रेसका गतिविधि डिजिटल पत्रिकामा

 

काठमाडौँ । नेपाल ट्रेड युनियन काँग्रेस प्रचार विभागले श्रमिक पोष्ट नामक डिजिटल पत्रिकाको प्रकाशन शुरु गरेको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले डिजिटल पत्रिकाको विमोचन गर्दै पत्रिका मार्फत आम जनमानसमा श्रमिकका सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।

अध्यक्ष कुँवरले श्रमसम्बन्धी गतिविधि सरोकारवाला सम्म पुर्‍याउनु डिजिटल पत्रिकाको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका महिला उपाध्यक्ष एवं प्रचार प्रसार विभाग प्रमुख राधिका कुइँकेलले डिजिटल पत्रिकामा ट्रेड युनियन काँग्रेस आबद्ध तथा जिल्ला कार्य समितिहरूले श्रमिकका सवालमा गरेका कार्यक्रम र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा भएका श्रमिकसम्बन्धी विषय समेटिने बताउनुभयो ।

डिजिटल पत्रिकाले ट्रेड युनियन प्रति सकारात्मक भावना विकास गर्ने अपेक्षा गरिएको उपाध्यक्ष कुइँकेलले उल्लेख गर्नुभयो ।

श्रमिक पोष्ट डिजिटल पत्रिका ट्रेड युनियन काँग्रेसको वेभ साइट ntuc.org.np मा हर्न र पढ्न सकिने छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?