भोलि र पर्सि देशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा आज मौसम बदली भएको छ । तराई/मधेसमा आज पनि हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा मौसम आंशिक बदली तथा बाँकी भागमा मुख्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार भोलि र पर्सि कतै–कतै हल्का वर्षा र हिमपातको सम्भावना छ । भोलि दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली हुनसक्ने अनुमान छ । केही दिनयता तराई/मधेसमा बढ्दो चिसोसँगै जनजीवन कष्टकर बन्न थालेको छ ।

मध्य पुसदेखि चिसो स्याँठ चलेकाले तराई/मधेसका जिल्लामा विशेषगरी विपन्न परिवार समस्यामा परेका छन् । उनीहरुलाई जाडोबाट जोगिन न्यानो लुगा, दाउरा तथा अरू आवश्यक व्यवस्थापन सामग्रीको अभाव छ । मजदुर, बालबालिका, वृद्धवृद्धा र गर्भवती धेरै प्रभावित बनेका छन् । कतिपयले आगो बालेर तातो बनाउने प्रयास गरिरहेका छन् ।

चिसोले सार्वजनिक ठाउँ, सडक, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम हुँदै गएको छ । लगातारको चिसोले बिरामी हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने बिरामी बढेका मधेस प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक तथा बालरोग विशेषज्ञ डाक्टर जामुन सिंहले बताए। चिसोका बेला शरीरलाई न्यानो राख्न, खानपान र पहिरनमा ध्यान दिन उनको सुझाव छ ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?