back to top
IPL 2025
IPL 2024
९ बैशाख २०८२, मंगलबार
९ बैशाख २०८२, मंगलबार
IPL 2025
spot_img

कोशी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात

spot_img

काठमाण्डौ । कोशी प्रदेशमा आज  हल्का वर्षाको सम्भावना  रहेको छ । कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्का हिमपात र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको  जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै  बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिकदेखि साधारणतया बदली रही केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

तराईका थोरै ठाउँहरूमा हल्का हुस्सु र कुहिरो लागेको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले केही दिनसम्म हिमाली र पहाडी क्षेत्रमा हल्का हिमपात तथा तराईमा हुस्सु कायम रहने महाशाखाले जनाएको छ ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?