back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् फागुन २१ र २२ गते हुने

spot_img

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसको वार्षिक राष्ट्रिय परिषद् फागुन २१ र २२ गते हुने भएको छ । भक्तपुरमा हुने परिषद्को उद्घाटन समारोहलाई नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा, नेता डा. शेखर कोइराला, महामन्त्री गगन कुमार थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल ट्रेड युनियन कांग्रेस रास्टृय समितिको उपाध्यक्ष तथा प्रचार प्रसार बिभागका संयोजक राधिका कुइंकेल खनालले बताउनु भएकोछ ।

परिषद्को बन्द सत्रमा देशभरिका ४०० भन्दा बढी पार्षदहरुको सहभागिता रहने छ ।परिषद्ले संगठन विस्तार, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन, श्रम ऐन संशोधन र प्रभावकारी कार्यान्वयन, श्रमिक पञ्जिकरण, न्यूनतम पारिश्रमिक लागू, मर्यादित रोजगारी सिर्जना, जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभाव, सामाजिक संवाद, आधिकारिक ट्रेड युनियनको निर्वाचन, आईएलओ महासन्धिहरुको अनुमोदन, सुरक्षित कार्यस्थल र ट्रेड युनियन अधिकारको ग्यारेन्टी लगायतका विषयहरूमा बृहत् छलफल गरी सशक्त ट्रेड युनियन आन्दोलनको कार्यदिशा निर्माण गर्ने विश्वास लिएको छ ।

परिषद् सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी काम अगाडि बढिरहेकोले तयारी अन्तिम चरणमा पुगेको परिषद् तयारी समितिका संयोजक एवं वरिष्ठ उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले जानकारी दिए ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?