गगन थापालाई अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलनामा सर्वोच्चमा निवेदन दर्ता भएको थियो।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उनलाई लिखित जवाफ पेश गर्न आदेश गरेको हो।

सर्वोच्चका प्रवक्ता अच्युत कुई‌केलले सात दिनभित्र जवाफ पेस गर्न आदेश भएको बताए। उनले आफैँ वा आफ्ना कानुनी प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न सक्नेछन्।

कांग्रेस महामन्त्री थापाले ५२ जना संवैधानिक पदाधिकारीहरुको मुद्दामा  ‘सर्वोच्च अदालतले डिल गरिरहेको छ’ भनेर बोलेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?