रसुवा बाढी : सम्पर्कविहीन पाणिनिका शिक्षक थापाको शव फेला

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढीमा हराइरहेका पाणिनी गाउँपालिकाका शिक्षक नारायण बहादुर थापाको शव नवलपरासीमा फेला परेको छ।
  • परिवारले पोखरास्थित गण्डकी अस्पतालमा पुगेर शवको सनाखत गरेका छन्।
  • शिक्षकको निधनको खबरले अर्घाखाँचीमा शोक छाएको छ भने रसुवा बाढीमा अझै केही व्यक्ति बेपत्ता छन्।

अर्घाखाँची । पाणिनी गाउँपालिका – ७ निवासी शिक्षक नारायण बहादुर थापाको शव नवलपरासीको देवचुली क्षेत्रमा फेला परेको छ। रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका थापाको सुरक्षाकर्मीले खोजी गर्ने क्रममा शव फेला पारेका हुन्।

थापा रसुवाको बेत्रावती बजारस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि उनि सम्पर्कविहीन भएका थिए।

खोजीका क्रममा नवलपरासीको देवचुली क्षेत्रमा फेला परेको शव गण्डकी अस्पताल, पोखरामा राखिएको थियो। परिवार तथा आफन्तले शव पहिचान गर्ने क्रममा भदौ १२ गते साँझ ५ बजे नारायण बहादुर थापाको शव भएको पुष्टि भएको जनाइएको छ।

थापाको निधनको खबरसँगै पाणिनी गाउँपालिका–७ लगायत अर्घाखाँचीमा शोक छाएको छ। रसुवाको बाढीमा परी ठूलो जनधनको क्षति भएको थियो भने बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा मानिसहरू सम्पर्कविहीन भएका थिए।

अर्घाखाँचीबाट रोजगारी तथा भ्रमणको शिलशिलामा रसुवा पुगेका थापा सहित ९ जना बेपत्ता भएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?