back to top
२८ असोज २०८३, बुधबार
IPL 2024
२८ असोज २०८३, बुधबार

भोटेकोशी बाढी : ५७९ जनाको शव फेला, १ हजार ९२४ अझै सम्पर्कविहीन

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको भोटेकोशी बाढीमा परी हालसम्म ५७९ जनाको शव फेला परेको छ।
  • विभिन्न जिल्ला र निकायका गरी १ हजार ९२४ जना अझै सम्पर्कविहीन छन्।
  • सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी र ५१७ विदेशी नागरिक छन्।

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ५७९ जनाको शव फेला परेको छ भने १ हजार ९२४ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जना रहेका छन् । गोरखामा फेला परेका शवमा विभिन्न मानव अंगसमेत रहेको जनाइएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका १५ जना रहेका छन् ।

त्यस्तै, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६६ जना तथा सम्पर्कविहीन विदेशी नागरिक ५१७ जना रहेको प्राधिकरणले जनाएको छ । नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिकमध्ये १२७ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?

×
FLASH NEWS FLASH