चितवनमा पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढीमा परेका पहिचान हुन नसकेका २२९ वटा शव व्यवस्थापन गरिने भएको छ।
  • संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै शव जमिनमुनि गाडिनेछ।
  • व्यवस्थापन गर्नुअघि डीएनए नमूना संकलन गरी सुरक्षित अभिलेख राखिनेछ।

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म संकलन भएका २३३ शवमध्ये ८ वटा पहिचान भएको र २२९ वटा शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेको जनाएको छ ।

होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडेर–गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ।

ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख छ।

यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको शनिबार बिहान बसेको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शवलाई जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

शव व्यवस्थापन गर्नुअघि सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने छ ।
त्यसपछि भरतपुर महानगरपालिका–९, देवघाटस्थित खुला स्थानमा आजैदेखि शव व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।

हेर्नुहोस् सूचना :

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?