स्वास्थ्य क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकी पत्रकार जोशी सम्मानित

समाचार सारांश
Auto Generated by AI
  • बझाङकी पत्रकार तरुणा जोशी स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मानित हुनुभएको छ।
  • स्वास्थ्य कार्यालय बझाङद्वारा आयोजित कार्यक्रममा उहाँलाई दोसल्ला र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।
  • उक्त अवसरमा उत्कृष्ट स्थानीय तह र महिला स्वास्थ्य स्वयंसेविकालाई समेत सम्मान प्रदान गरिएको छ।

डोरेन्द्र जंग खडका / बझाङ

स्वास्थ्य क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकी साइपाल एफ.एम.की समाचार प्रमुख तथा नेपाल पत्रकार महासंघ बझाङकी जिल्ला उपाध्यक्ष तरुणा जोशी सम्मानित हुनुभएको छ।

स्वास्थ्य कार्यालय बझाङद्वारा आयोजित आर्थिक वर्ष २०८२/०८३ को दुईदिने जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा उहाँलाई स्वास्थ्य पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै दोसल्ला र सम्मानपत्रसहित विशेष सम्मान गरिएको हो।

सम्मानपछि पत्रकार जोशीले स्वास्थ्यजस्तो संवेदनशील र आम नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रमा लामो समयदेखि आफूले गर्दै आएको प्रयासलाई स्वास्थ्य कार्यालयले मूल्याङ्कन गरी सम्मान गरेकोमा आभार व्यक्त गर्नुभयो।

उहाँले यो सम्मान आफ्नो व्यक्तिगत सम्मान मात्र नभई बझाङमा क्रियाशील सम्पूर्ण श्रमजीवी पत्रकारहरूको मिहिनेतको पहिचान भएको बताउनुभयो। साथै, सम्मानले स्वास्थ्य पत्रकारितामा अझै दृढ भएर लाग्न ऊर्जा र हौसला थपेको उल्लेख गर्नुभयो।

स्वास्थ्य कार्यालय बझाङका प्रमुख लालबहादुर धामीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णबहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सूचकका आधारमा जिल्लाकै उत्कृष्ट घोषित जयपृथ्वी नगरपालिका, बित्थडचिर गाउँपालिका र मष्टा गाउँपालिकालाई पनि पुरस्कृत गरिएको थियो।

सोही अवसरमा उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका उर्मिला चित्रकारलाई समेत दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?