नैतिक रुपमा नाङ्गीएका सांसदहरु भौतिक रुपमै नाङ्गीदै

बुटवल । सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विरोध जनाएका छन् ।

आजको प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाएका सांसद सिंहले बोल्न समय नपाए पछि बैठकमा आफ्नो कपडा खोलेर विरोध जनाए ।

सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उभिएका थिए, तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको भन्दै बैठक नियमित कारबाहीमा जाने बताएसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलेर विरोध जनाए ।

त्यससँगै संसदमा अन्य दलका सांसदहरुले समेत बोल्न पाउनुपर्ने माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्दै प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरे। अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि समेत दिए ।

यसो त पछिल्लो समय सांसद तथा नेताहरु अनेक काण्डमा नैतिक रुपमा नाङ्गीएकै छन तर अब भने प्रतिनिधि सभा बैठकमा भौतिक रुपमै नाङ्गीदै गएको देखिन थालेको छ । हुन त यसलाई बिरोधको फरक शैलीको रुपमा पनि परिभाषित गर्न सकिएला तर बिरोधमा पनि के के गर्ने भन्ने हेक्का राख्नुपर्छ कि …..

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?