खाणलाई निलम्बन गर्न गगन-विश्वप्रकाशको प्रस्ताव, बोलेनन् देउवा

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव आएको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाण पक्राउ परिसकेको अवस्थामा पार्टीले निलम्बन गरेर जानुपर्ने अडान राखेका हुन्।

देउवा निवास धुम्बाराहीमा बुधबार अपराह्न ५ बजेदेखि बेलुकी ८ बजेसम्म चलेको बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका खाण मुछिएको र पक्राउसमेत परेको सन्दर्भमा छलफल भएको थियो।

‘खाणजीलाई निलम्बन गरेर अनुसन्धानलाई सहयोग गर्नुपर्छ भनेर दुई महामन्त्रीले भन्नुभयो,’ बैठकमा सहभागी एक पदाधिकारीले सेतोपाटीसँग भने।

नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको प्रसंग पनि बैठकमा सुनाइएको थियो।

महामन्त्रीद्वय थापा र शर्माले खाणलाई निलम्बन गर्नुपर्ने बताए पनि सभापति देउवाले यसबारे केही बोलेनन्।

त्यसपछि बैठकमा आन्तरिक विषयमा छलफल भएको थियो। मुख्यगरी बैठकमा विभाग र भ्रातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको प्रवक्ता प्रकाशशरण महतले दाबी गरे।

यद्यपी खाण पक्राउबारे पनि छलफल भएको उनको भनाइ थियो।

‘उहाँले अनुसन्धानलाई सहयोग गरिरहनु भएको छ। कतै फरार हुनुभएको छैन। बालकृष्णजीले आफैँले अनुसन्धानलाई सहयोग गर्छु भन्नुभएको छ। अनुसन्धान परिपक्क होस्, पछि पार्टीले कुनै निर्णय गर्नुपरे त्यसैबेला गर्छ,’ प्रवक्ता महतले भने।

उनले खाणबारे अहिले नै थप छलफल आवश्यक नपर्ने दाबी गरेका थिए।

‘उहाँबारे अहिले थप छलफल गर्नुपर्ने छैन। पार्टीको आधिकारिक धारणा उहाँले अनुसन्धानलाई सहयोग गरिरहनुभएको छ भन्ने नै हो। अनुसन्धान परिपक्क होस्, अहिले नै दोषी करार भइसकेको जसरी पार्टीले निर्णय गर्दैन,’ महतले भने।

कांग्रेसका एक पदाधिकारीका अनुसार खाणलगायत विभिन्न विषयबारे छलफल गर्न बिहीबार पनि पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखिएको छ। बिहीबार दिउँसो २ बजे सभापति देउवा निवास धुम्बाराहीमै बैठक बस्नेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?