टोपबहादुरको सांसद पद निलम्बन भएको छैन : संसद् सचिवालय

काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी प्रतिनिधिसभालाई गराइएको छ।

सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार राती बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरिएको जानकारी गराएका हुन्।

उनलाई पक्राउ गरिएको जानकारी गराए पनि रायमाझी निलम्बनमा नपरेको संघीय संसद् सचिवालयले जनाएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम १ बमोजिम सभामुखले पक्राउ परेको पत्र मात्रै पढेर सुनाएको बताए।

उनले रायमाझी निलम्बनमा नपरेको जानकारी दिए।

‘उहाँ निलम्बन पर्नुभएको छैन। प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ (१) बमोजिम पक्राउ परेको पत्र पढेर मात्रै सुनाउनु भएको हो। त्यहाँ निलम्बन गर्ने व्यवस्था छैन,’ उनले भने।

उननियम (१) मा भनिएको छ-‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ ।’

पक्राउ परेका रायमाझीलाई जिल्ला प्रहरी कार्यालय टेकुको हिरासतमा राखिएको छ।

प्रहरी हिरासतमा रहे पनि उनको सांसद पद यथावत रहनेछ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ (३) अनुसार सांसदहरू फौजदारी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पठाइएमा निलम्बनमा पर्ने व्यवस्था उल्लेख छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?