दुई महिना पुग्दा नपुग्दै प्रचण्डजी सरकारको मुटु प्रत्यारोपणतिर लाग्‍नुभो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुस १० सहमति तोडेर सरकारको मुटु प्रत्यारोपणतर्फ लागेको बताएका छन्।

आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लागेको बताएका हुन्।

पुस १० गते नेकपा एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले फागुन १२ गते कांग्रेस सहितको गठबन्धन ब्यूँत्याएका थिए।

‘दुई महिना पुग्दा नपुग्दै सरकारको मुटु प्रत्यारोपणतिर लाग्नुभयो। नीति तथा कार्यक्रम नाम दस्तावेजको प्रस्तुत सुने र पढे पनि नीति तथा कार्यक्रमको आधार पहिल्याउने प्रयास गरें। के तार्गेटहरू मिट गर्न आएको छ? मैले पहिल्यान खोजी गरें। कार्यान्वयनको मोडालिटी र ढाँचा कसरी तय भएको रहेछ? अध्ययन गरें,’ उनले भने।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?