हिस्टुनको दोस्रो पूर्ण बैठक सम्पन्न; राज्यले आफूहरुका मागलाई सम्बोधन नगरे कठोर आन्दोलन गर्ने

काठमाडौं।
साविक उमावि (कक्षा ११/१२) तहमा कार्यरत शिक्षकहरूको पेसागत साझा संगठनका रुपमा रहेको माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(HISTUN) केन्द्रिय समितिको दोस्रो पुर्ण बैठक अनलाइन प्रविधिको माध्यम प्रयोग गरि सम्पन्न भएको छ।

बैठकले साविक उमावि शिक्षकहरुका विभिन्न समस्याहरूको बारेमा व्यापक छलफल गर्दै अबका दिनमा हिस्टुनले गर्ने दबाबमुलक कार्यक्रमका बारेमा पनि छलफल गरेको समितिका अध्यक्ष टीका न्यौपानेले बताएका छन्।

समितिको बैठकमा संगठन निर्माणको सन्दर्भमा देखिएका समस्याहरुको समाधान गर्ने, प्रदेश जिल्ला र स्थानीय तहसम्म समिति निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ । विगत लामो समयदेखि हिस्टुन र सरकारसग भएका  सम्झौताहरुलाई  कार्यन्वयन गरिनुपर्ने जस्ता मागहरु उनीहरूका रहेका छन् ।

चार हजार अनुदान कोटालाई दरबन्दीमा रुपान्तरण गर्ने ,माध्यमिक द्वितीय श्रेणीमा आन्तरिक प्रतिस्पर्धा हुने गरी व्यवस्थापनको प्रक्रियालाई अगाडि बढाउनु पर्ने, जिल्लान्तर शिक्षक सरुवा,मर्यादाक्रमजस्ता विषयहरू छलफलमा उठेका थिए।

यही जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि बजेटको घोषणा गर्दैछ।प्रस्तुत हुन लागेको वजेटमा साविक मावि शिक्षकहरुका समस्याहरु सम्बोधन हुनुपर्ने शिक्षकहरूको माग रहेको छ। यदि आफुहरुका मागहरु र सम्झौता भइसकेका विषयमा राज्य इमान्दार नबनेमा भर्खरैमात्र सम्पन्न भएको कक्षा १२ को वार्षिक परीक्षाका उत्तरपुस्तिका परीक्षणमा असहयोग गर्ने, यति गर्दा पनि सुनुवाई हुन नसकेको खण्डमा विभिन्न खालका कठोर आन्दोलनको घोषणा गर्ने समेत हिस्टुनले जनाएको छ।

यस बिचमा शिक्षकहरुले केन्द्रमा रहेका सरकारका मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने, प्रदेश, जिल्ला र स्थानीय तहका सरोकारवालाहरुलाइ आफ्ना मागहरूका बारेमा अवगत गराउँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको शिक्षकहरुले बताएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?